Kathmandu Press

भूमि आयोग फिर्ता गर्न संकलित हस्ताक्षर बुझाइयो

गण्डकी, साउन ३२ : भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको  निर्णय फिर्ता गराउन माग गर्दै पोखरामा सङ्कलित हस्ताक्षर आज जिल्ला प्रशासन...
भूमि आयोग फिर्ता गर्न संकलित हस्ताक्षर बुझाइयो

गण्डकी, साउन ३२ : भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको  निर्णय फिर्ता गराउन माग गर्दै पोखरामा सङ्कलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाइएको छ।

अखिल नेपाल किसान महासंघ  कास्की शाखाले  जिल्ला प्रशासन कार्यालय अघिको सहिदचोकस्थित चौतारामा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो। 

वर्षौदेखि खनजोत एवं उपयोग गर्दै आएका किसान र सुकुम्बासीलाई जग्गाको मालिक बनाउने लक्ष्यका साथ काम गरिरहेको आयोग खारेजीको विरोधमा हस्ताक्षर सङ्कलन गरिएको अध्यक्ष रघुनाथ भण्डारीले जानकारी दिए।

उनका अनुसार महासङ्घका केन्द्रीयसदस्य टीका अधिकारी, चुडामणि बराल, शिवजी कोइराला र देवेन्द्रराज शर्मा, उक्त आयोगका विज्ञ सुशीला पराजुली, भूमि अधिकार मञ्चका जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङसहितको टोलीले सङ्कलित हस्ताक्षर प्रधानमन्त्री समक्ष पु¥याउनका लागि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाई बुझाएको हो।

सहायक प्रजिअ पौडेलले हस्ताक्षर सम्बन्धित निकायमा पुर्‍याइने जानकारी दिए। अभियानमा ११ हजारभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिएको अध्यक्ष भण्डारीले बताए। 

प्रकाशित मिति: १७:३० बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्