Kathmandu Press

झन्डै दुई किलो गाँजासहित नागढुंगाबाट एकजना पक्राउ 

काठमाडौं, साउन ३२ : १ किलो ९ सय ग्राम गाँजासहित नागढुंगाबाट एकजना पक्राउ परेका छन्।चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट करिब १ किलो ९ सय ग्राम...
झन्डै दुई किलो गाँजासहित नागढुंगाबाट एकजना पक्राउ 

काठमाडौं, साउन ३२ : १ किलो ९ सय ग्राम गाँजासहित नागढुंगाबाट एकजना पक्राउ परेका छन्।

चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट करिब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित उदयपुर चौदन्डीगडी नगरपालिका–४ बस्ने २४ वर्षीय सुदिप राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाइएको छ। 

ग१ख ६४७५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बसमा सवार उनलाई जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:२० बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्