प्रतिबन्धित भारतीय नोटसहित एकजना पक्राउ

रौतहट, साउन ३२ : गौर नगरपालिका-५ मेनचौकबाट प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँसहित भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय नोट सहित फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:१५ बजे, सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











