छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु
काठमाडौं, साउन ३२ : सुनसरी, महोत्तरी, मकवानपुर, सिन्धुली र धादिङमा भएका सवारी सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।सुनसरीको इटहरी उपमहानगरपालिका-१३ कालिमन्दिर चोकमा...
काठमाडौं, साउन ३२ : सुनसरी, महोत्तरी, मकवानपुर, सिन्धुली र धादिङमा भएका सवारी सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका-१३ कालिमन्दिर चोकमा ना४ख ८३७१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री मोरङ विराटनगर महानगरपालिका-६ बस्ने ६० वर्षीया भुल्की देवि कामतको आइतबार साँझ मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महोत्तरीको गौशला नगरपालिका-१ रामनगरस्थित सडकमा बा६च ४६१७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय रापुकार महतोको घटनास्थलमै आइतबार साँझ मृत्यु भएको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मकवानपुरको मनहरी गाउँपालिका-८ पिसपार्कस्थित सडकमा ना४७प ४४६२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-८ सिमपानी बस्ने ८० वर्षीय यज्ञ प्रसाद घिमिरेको आइतबार साँझ मृत्यु भएको छ। ठक्कबार गम्भीर घाइते भएका उनको मनकामना अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै सिन्धुलीको सुनकोसी गाउँपालिका-६ घुमाउने चैनपुरस्थित सडकमा प्र३-०२-११प २७९३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६६ वर्षीया सिता माया बरालको आइतबार साँझ मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै काठमाडौं थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी धादिङको गल्छी गाउँपालिका-६ बैरेनीस्थित सडकमा बा।३ ख ४०१४ नम्बरको बस र टिएन ५२ के ३३९८ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा बसमा सवार सोलुखुम्बु माहाकुलुङ गाउँपालिका-३ बस्ने २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बुढिगण्डकी अस्पताल गल्छी हुँदै काठमाडौं ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका १२ जनामध्ये ९ जनाको काठमाडौं ट्रमा सेन्टरमा तथा ३ जनाको बुढिगण्डकी अस्पताल गल्छीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।











