Kathmandu Press

कारको ठक्करले एक जनाको मृत्यु, स्थानीयद्वारा आगजनी

महोत्तरी, साउन ३२ : कारको ठक्करले एक जनाको मृत्यु भएपछि महोत्तरीमा आगजनी गरिएको छ। स्थिति नियन्त्रण लिन प्रहरीले हवाइ फायर गर्नुपरेको छ।महोत्तरीको गौशालामा...
कारको ठक्करले एक जनाको मृत्यु, स्थानीयद्वारा आगजनी

महोत्तरी, साउन ३२ : कारको ठक्करले एक जनाको मृत्यु भएपछि महोत्तरीमा आगजनी गरिएको छ। स्थिति नियन्त्रण लिन प्रहरीले हवाइ फायर गर्नुपरेको छ।

महोत्तरीको गौशालामा गएराति ८ बजे कारले ठक्कर दिँदा गौशाला नगरपालिका १ रामनगरमा ५० वर्षीय रामपुकार महतोको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार भैंसी चराएर आउँदै गर्दा बा ६ च ४६१७ नम्बरको कारले ठक्कर दिएको थियो।

त्यसपछि स्थानीय बासिन्दाले कारमा आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयले अबेर रातिसम्म प्रदर्शन गरेका थिए।

गाडी चालक गौशाला नगरपालिका १० लक्ष्मीनियाका २१ वर्षीय सुदीप मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०७:०६ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्