Kathmandu Press

फाइनलमा सुपर ओभर पनि बराबर, इंग्ल्याण्ड च्याम्पियन

काठमाडौं, असार ३० : आईसीसी विश्वकप-२०१९ को उपाधि इंग्ल्याण्डले जितको छ। इंग्ल्याण्ड पहिलो पटक विश्व च्याम्पियन बनेको छ।

हिजो राति भएको खेलमा....

फाइनलमा सुपर ओभर पनि बराबर, इंग्ल्याण्ड च्याम्पियन

काठमाडौं, असार ३० : आईसीसी विश्वकप-२०१९ को उपाधि इंग्ल्याण्डले जितको छ। इंग्ल्याण्ड पहिलो पटक विश्व च्याम्पियन बनेको छ।

हिजो राति भएको खेलमा न्यूजिल्यान्डलाई पराजित गर्दै इंग्ल्याण्ड विश्व विजेता बनेको हो। सुपर ओभरमा न्यूजिल्यान्डलाई बराबरी रनमा समेट्दै इंग्ल्याण्डले विश्वकप जितेको हो।

फाइनल खेलमा न्यूजिल्यान्ड भन्दा बढी बाउन्ड्री प्रहार गरेकाले इंग्ल्याण्ड विजयी भएको हो। सुपर ओभरसहित फाइनल खेलमा इंग्ल्याण्डले २६ र न्यूजिल्यान्डले १७ बाउन्ड्री प्रहार गरेका थिए। धेरै बाउन्ड्री प्रहार गरेको इंग्ल्याण्ड विजयी भएको हो।

न्यूजिल्यान्डले दिएको दुई सय ४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले दुई सय ४१ रन बनाएर बराबरी गरेको थियो। अन्तिम ओभरमा १५ रन आवश्यक परेका बेला बेन स्टाेकले १४ रन जोडे।

अन्तिम ओभरमा ट्रेन बोल्टका दुई बलमा रन बनाउन नसकेका स्टाेकले तेस्रो बलमा छक्का प्रहार गरे। चौथो बलमा भने दुई रन लिने बेला झण्डैले स्टाेक जोगिए। गुप्टिलले रन आउट गर्न स्टम्पमा हानेको बल स्टोकले डाइभ हान्दा ब्याटमा लागेर सिमा रेखा बाहिर पुग्यो। 

त्यसपछि दुई बलमा तीन रन आवश्यक थियो। दुवै बलमा दुई/दुई रन लिने प्रयासमा रसिद र उड आउट भए। तैपनि उनीहरूले एक–एक रन पूरा गरेकाले खेल बराबरीसम्म पुग्यो।

दोस्रो ब्याटिङ गर्ने टिमलाई सुपर ओभरमा पहिले ब्याटिङ गर्ने पालो पाउने नियमका आधारमा इंग्ल्याण्डले ब्याटिङ गर्‍यो। ईग्ल्यान्डका लागि स्टाेक र बटलरले सुपर ओभरमा १५ रन जोडे।

प्रतिउत्तरमा न्यूजिल्यान्डले राम्रो सुरुआत गरेको थियो। जिमी निसमले पाँच बलमा १४ रन बनाएका थिए। अन्तिम बलमा दुई रन आवश्यक थियो। तर, मार्टिन गुप्टिलले एक रन लिन सकेपनि दोस्रो रन पूरा गर्न सकेन। इंग्ल्याण्डका किपर बटलरले बाउन्ड्री नजिकबाट गरिएको थ्रोलाई समात्दै रन आउट गरे।

न्यूजिल्यान्डले सुपर ओभर बराबरी गरेपनि पराजित भयो। आईसीसीको नियमअनुसार, सुपर ओभरमा बराबर हुँदा सुपर ओभरसहित त्यो खेलमा सबैभन्दा बढी बाउन्ड्री प्रहार गर्ने टिम विजयी हुन्छ। त्यही आधारमा सुपर ओभरसहित फाइनल खेलमा २६ बाउन्ड्री प्रहार गरेको इंग्ल्याण्ड विश्व विजेता बन्यो।

न्यूजिल्यान्डका १७ बाउन्ड्री मात्रै थिए। जसले गर्दा फाइनल खेलमा र सुपर ओभरमा बरारबी भएपनि न्यूजिल्यान्ड उपाधि उचाल्नबाट बञ्चिन भयो।

फाइनल खेलमा इंग्ल्याण्डका बेन स्टाेक प्लेयर अफ द म्याच भए। त्यस्तै, न्यूजिल्यान्डका क्याप्टन काने विलियमसन प्लेयर अफ द टुर्नामेन्ट भए।

 

प्रकाशित मिति: ११:०३ बजे, सोमबार, असार ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्