Kathmandu Press

कार दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

काठमाडौं, साउन ३१ : पोखरा महानगरपालिका १८ मेथलाङ्गस्थित सडकमा ग.१ च ७२३४ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल...
कार दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

काठमाडौं, साउन ३१ : पोखरा महानगरपालिका १८ मेथलाङ्गस्थित सडकमा ग.१ च ७२३४ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा कार चालक नवलपरासी घर भई हाल पोखरा बस्ने ४४ वर्षीय बद्री बहादुर खत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सहारा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:३५ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्