Kathmandu Press

‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ का लागि आह्वान

काठमाडौं, साउन ३१ : बाह्रखरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता-२०७८’ (तेस्रो संस्करण) मा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरेको छ।नेपाली आख्यान प्रतिभालाई...
‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ का लागि आह्वान

काठमाडौं, साउन ३१ : बाह्रखरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता-२०७८’ (तेस्रो संस्करण) मा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरेको छ।

नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षमा जस्तै प्रथम हुनेलाई रु १ लाख, द्वितीयलाई रु ६० हजार तथा तृतीयलाई रु ४० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ। कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।

Hardik ivf

प्रतियोगिता २०७८ को प्रमुख निर्णायकको जिम्मेवारी आख्यानकार तथा साहित्यकार नारायण ढकालले गर्नुहुने आज आयोजित पत्रकार सम्मेलनमा बाह्रखरी टडकमका कार्यकारी सम्पादक गोविन्द अधिकारीले जानकारी दिए।

निर्णायक समूहका अन्य दुई सदस्यमा स्थापित कथाकार विवश पोखरेल र समालोचक कुमारी लामा छन्। निर्णायक समूहले आफूलाई प्राप्त कथामध्येबाट उत्कृष्ट २५ र तिनै कथामध्येबाट प्रथम, द्वितीय तथा तृतीय कथाको छनोट गर्नेछ।

निर्णायक समूहलाई छनोटका क्रममा आवश्यक सबै निर्णय लिने पूर्ण स्वतन्त्रता रहनेछ । कथा कम्तीमा १५०० र बढीमा ४००० शब्दसम्मको हुनुपर्ने तथा आउँदो भदौ ३१ सम्म प्राप्त हुनुपर्ने जनाइएको छ।

कथा प्रतियोगिताको सर्त उल्लङ्घन नहुने गरी पठाइएका सम्पूर्ण कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० वटा कथा छनोट गर्नेछ। ती कथा निर्णायक समूहलाई उपलब्ध गराइनेछ। आन्तरिक निर्णायक मण्डलले चुनेका ५० कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट कथा २०७८’ का लागि २५ वटा कथा छान्नेछन् र तिनैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ।

बाह्रखरी कथाका उत्कृष्ट २५ कथाको सँगालो २०७६ सालमा पुस्तककारूपमा आएको थियो भने २०७७ सालमा कोरोना महामारीका कारण ‘डिजिटल भर्सन’मा ल्याइएको थियो। जुन बाह्रखरी डट कमबाट पनि प्रकाशित गरिएको थियो।

प्रकाशित मिति: १८:१७ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्