Kathmandu Press

सवारी दुर्घटना : काठमाडौं र कैलाली एकएक जनाको मृत्यु

सवारी दुर्घटना : काठमाडौं र कैलाली एकएक जनाको मृत्यु

काठमाडौं, साउन ३१ : सवारी दुर्घटनामा परी काठमाडौं र कैलाली एकएकजनाको मृत्यु भएको छ।

काठमाडौंको कीर्तिपुर नगरपालिका(३ खसिबजारस्थित सडकमा बा७३ प ६०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका १० बाघभैरब बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-३ घर भएका ३२ वर्षीय दयराम चौधरीको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पताल देवढोकामा उपचारको क्रममा मृत्यु भएको हो। 

कैलालीको लम्कीचुहा नगरपालिका–६ पिपरकोटी चोकमा सुदूरपश्चिम प्रदेश ०१–००८ प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने १८ वर्षीय गोपाल चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मालिका अस्पताल हुँदै लम्कीचुहा अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:५४ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्