स्रोत नखुलेको १० लाख रुपैयाँसहित तीनजना पक्राउ
रुपन्देही, साउन ३१ : लुम्बिनी सांस्कृतिक नगरपालिका-४ महुवारी कालीदहबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित दुईजनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ...
रुपन्देही, साउन ३१ : लुम्बिनी सांस्कृतिक नगरपालिका-४ महुवारी कालीदहबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित दुईजनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१३ वडबलिया बस्ने २० वर्षीय बिष्णु यादव र सोही ठाउँ बस्ने १९ वर्षीय अनवर मुसलमान रहेका छन्।
लु४३ प २६५० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक यादव र मोटरसाइकलमा सवार मुसलमानलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १७:४९ बजे, आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











