शिक्षा पत्रकारिता कोषमा समाजसेवी कँडेलको दुई लाख बढी सहयोग

काठमाडौं, साउन ३१ : शिक्षामा पत्रकारलाई पुरस्कार, शोधवृत्ति र क्षमता वृद्धिका लागि शिक्षा पत्रकार समाजले स्थापना गरेको अक्षयकोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले २ लाख २२ हजार २ सय २२ प्रदान गरेका छन्।
‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ (सिआइपी) सम्मानप्राप्त नुवाकोटको बेलकोटगढी नगरपालिका-११ तिगाउँ निवासी उनले समाजका अध्यक्ष प्रकाश सिलवाललाई आइतबार सो रकम हस्तान्तरण गरेका हुन्।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका जिल्ला अध्यक्ष कँडेल ककनीस्थित हाम्रो ग्यास उद्योगका संस्थापक अध्यक्ष हुन्।
समाजले उक्त कोषमा थप रकम जुटाएर वार्षिकरुपमा पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका कार्यक्रम गर्ने महासचिव शेषकान्त पण्डितले जानकारी दिए।
प्रकाशित मिति: १६:३६ बजे, आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











