Kathmandu Press

भिरबाट खसेको ढुंगा लागेर पैदलयात्रीको मृत्यु

रसुवा, साउन ३१ : पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण सम्पन्न गरी काठमाडौं फर्कने क्रममा ढुङ्गा लागेर एक पदयात्रीको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय रसुवाका...
भिरबाट खसेको ढुंगा लागेर पैदलयात्रीको मृत्यु

रसुवा, साउन ३१ : पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण सम्पन्न गरी काठमाडौं फर्कने क्रममा ढुङ्गा लागेर एक पदयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यु स्टारपोल इङ्लिस बोडिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा छन्। 

उनको मृत्यु दोभेन र रिम्चेबीच बम्बो इलाका क्षेत्रमा भएको थियो। भ्रमण सम्पन्न गरी लाङ्टाङ्बाट स्याफ्रुबेंसीतर्फ फर्किंदै गर्दा एक्कासि भिरबाट खसेको ढुङ्गाले शरीरमा चोट लागेका लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए।

यही साउन २६ गते घुमफिरका लागि सेर्पागाउँको पदमार्ग हुँदै उहाँसहित अन्य तीन साथी लाङ्टाङ्तर्फ गएका थिए। फर्कने क्रममा खोला किनारको बाटो हुँदै फर्किरहेको अवस्थामा घटना भएको हो।
 
शवलाई नेपाल प्रहरीले घटनास्थलबाट रिम्चे पुर्याएको र स्याफ्रुबेँसी झार्नका लागि नेपाली सेना पठाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार उद्वारकर्मी सुरक्षा अंगले आज साँझसम्म  धुञ्चे पुर्याउनेछ। 

प्रकाशित मिति: १५:२२ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्