Kathmandu Press

संरक्षित वन्यजन्तु सालकको खपटासहित दुईजना पक्राउ

काठमाडौं, साउन ३१ : नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एक किलोग्राम ५००...
संरक्षित वन्यजन्तु सालकको खपटासहित दुईजना पक्राउ

काठमाडौं, साउन ३१ : नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एक किलोग्राम ५०० ग्राम सालकको खपटासहित मकवानपुर बकैया गाउँपालिका-२ का ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँकै ४० वर्षीय धनबहादुर योञ्जनलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले सालकको खपटा झोलामा बोकेर बेचबिखन गर्न हिँडिरहेको अवस्थामा बालाजुबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रवक्ता महतोले बताए।

प्रकाशित मिति: १५:०६ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्