सहिद लखन गाउँपालिकामा निःशुल्क एम्बुलेन्स सेवा
गोरखा, साउन ३१ : गोरखाको सहिद लखन गाउँपालिका–७ मा गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरुआत गरिएको...
गोरखा, साउन ३१ : गोरखाको सहिद लखन गाउँपालिका–७ मा गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरुआत गरिएको छ।
वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपांगताभएका व्यक्तिलाई उपचारका गोरखा अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।
‘आव २०७८/७९ वडागत कार्यक्रमअनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ,’ उनले भने, ‘अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नुपर्दैन।’
उनले बुङ्कोट स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने बिरामीलाई जिल्ला अस्पतालमा पठाउनुपरे स्वास्थ्यकर्मीका सिफारिसका आधारमा वडाबाट निःशुल्क सेवा पाउने बताए।
प्रकाशित मिति: १४:३३ बजे, आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











