Kathmandu Press

प्रदिपले ल्याए ‘खै त तिम्रो बुट्टे सारी’ 

काठमाडौं, साउन ३१ : गायक प्रदिप लामाले आफ्नो बिल्कुलै नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।लोक सेलोमा आधारित...
प्रदिपले ल्याए ‘खै त तिम्रो बुट्टे सारी’ 

काठमाडौं, साउन ३१ : गायक प्रदिप लामाले आफ्नो बिल्कुलै नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

लोक सेलोमा आधारित यस गीतमा हस्त लामा (हार्दिक)को शब्द, संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई रमाइलो तरिका बाट व्यक्त गरिएको यस गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन्।  

Hardik ivf

म्युजिक भिडियोमा चर्चित ग्रुप भीमफेदी गाइज र नायिका सुमी मोक्तान फिचर्ड छन्। सुर्य लामाले छायांकन र सम्पादन गरेको यस भिडियोलाई निर्मल कुमार लामा (बिजी)को निर्देशनमा तयार पारिएको हो। गायक लामाको आधिकारिक च्यानल ‘प्रदिप लामा अफ़िसिएल’ मार्फत सार्वजनिक गरिएको हो।  

विगत ८ वर्ष देखि नेपाली संगीतमा सक्रिय गायक लामाले यसअघि २ वटा गीतिसंग्रह सार्वजनिक गरिसकेका छन्। ‘मोहनी लाईदिउकी’, ‘मायाले बोलाको’, ‘हेलम्बु माथी’, ‘मायालुले’,  लगायतका गीतहरु स्रोता माझ लोकप्रिय छन्। गायक लामाले  नेपाली बाहेक, टिबेटिन,  तामाङ,  ह्योल्मो,  भाषामा पनि गीत सार्वजनिक गरिसकेका छन्।

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्