Kathmandu Press

लागूऔषध मुद्दाका फरार अभियुक्त तीन वर्षपछि पक्राउ

परासी, साउन ३१ : दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन्। नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले प्रतापपुर...
लागूऔषध मुद्दाका फरार अभियुक्त तीन वर्षपछि पक्राउ

परासी, साउन ३१ : दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन्। नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो। 

निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ बाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। जिल्ला अदालतले विसं २०७५ जेठ ३० गते लागुऔषध मुद्दामा १० वर्ष एक महिना आठ दिन कैद सजाय र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेपछि बिन फरार भएका थिए।

प्रकाशित मिति: १२:४६ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्