Kathmandu Press

भिन्टेज सहरका गगनचुम्बी भवनहरू (फोटो फिचर)

एक समय थियो, मानिसले भूकम्पको त्रासका कारण अग्ला भवन निर्माण गर्ने सोच त्यागेका थिए। उपत्यकामा धेरै अग्ला घरका माथिल्ला तला भत्काएर दुई–तीन तला मात्र कायम गर्ने प्रतिस्पर्धा नै पनि नचलेको होइन।
भिन्टेज सहरका गगनचुम्बी भवनहरू (फोटो फिचर)

काठमाडौं, साउन ३१ : बसोबासका हिसाबबाट काठमाडौं उपत्यकालाई नेपालको भिन्टेज सहर मान्न सकिन्छ। सम्पदा केन्द्र यही सहरमा अत्याधुनिक गगनचुम्बी भवन बनाउने प्रतिस्पर्धा नै छ, अहिले।

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पका कारण केही समय अग्ला भवन बनाउने क्रम रोकियो। भूकम्प अनि त्यसका परकम्पन थामिएसँग प्रकृतिको त्यो विनाशलीला विस्मृतिमा धकेलिएको छ। त्यससँगै धमाधम ठडिँदैछन्, उपत्यकामा ‘हाइ राइज बिल्डिङ’ पनि।

एक समय थियो, मानिसले भूकम्पको त्रासका कारण अग्ला भवन निर्माण गर्ने सोच त्यागेका थिए। उपत्यकामा धेरै अग्ला घरका माथिल्ला तला भत्काएर दुई–तीन तला मात्र कायम गर्ने प्रतिस्पर्धा नै पनि नचलेको होइन।

Hardik ivf

तर, सरकारले नै भूकम्प प्रतिरोधी अग्ला भवन निर्माण खुला गरेपछि त्यो क्रम रोकियो। साना–ठूला सबै खालका भवनलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्ड समावेश गर्दै राष्ट्रिय भवन संहितालाई अद्यावधिक गरिएसँगै ‘हाइ राइज बिल्डिङ’ थपिन थालेका छन्।

उपत्यकामा आठ रेक्टर स्केलको भूकम्प थाम्न सक्ने भवनहरू बनिरहेका छन्। कतिपय यसअघिदेखि नै सञ्चालनमा छन्।

अहिले देशभर ७० वटाभन्दा बढी अपार्टमेन्ट छन्। ती अपार्टमेन्ट बसोबासका लागि हुन्। अग्ला व्यापारिक कम्प्लेक्स पनि काठमाडौं मात्र होइन, देशका अन्य प्रमुख सहरहरूमा धमाधम बनिरहेका छन्।

कतिपय विज्ञले अग्ला भवनले सहर कुरूप बनाएको पनि बताइने नगरेका होइनन्। तर, यस्ता अग्ला भवनले सहरको सौन्दर्य बढाएका छन्। स–साना धेरै घरको ठाउँमा अग्ला भवन निर्माण हुँदा त्यस क्षेत्रको सौन्दर्य बढेको पाइन्छ।

भनिन्छ, सहरमा जमिन होइन, आकाश बिक्री हुन्छ। त्यसैले त हो, विकसित मुलुकका विभिन्न सहरमा सय तलाभन्दा अग्ला गगनचुम्बी भवन बनेका छन्। पछिल्ला वर्षमा चीन गगनचुम्बी भवन निर्माणमा अग्रणी छ। चीनभर एकै वर्ष एक सयको हाराहारी गगनचुम्बी भवन निर्माण हुने गरेको तथ्यांक छ।

 

प्रकाशित मिति: १२:२५ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्