Kathmandu Press

तनहुँमा १०१ जनाको निःशुल्क मुटु परीक्षण

तनहुँ, साउन ३१ : नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीस्थित नेशनल एपोलो अस्पतालमा १०१ जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ।नेपाल हृदय...
तनहुँमा १०१ जनाको निःशुल्क मुटु परीक्षण

तनहुँ, साउन ३१ : नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीस्थित नेशनल एपोलो अस्पतालमा १०१ जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय महासचिव प्राडा प्रकाशराज रेग्मीको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा. प्रेमराज बैद्य, डा. अजय अधिकरी र डा. विनायक गौतमले मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन्।

कार्यक्रममा प्रतिष्ठानका आजीवन सदस्यको स्वास्थ्य परीक्षण गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँका उपाध्यक्ष एवं नेशनल एपोलो अस्पतालका सञ्चालक चूडामणि दाहालले जानकारी दिए। बिरामीको इसिजी, मधुमेह, उच्च रक्तचापलगायत परीक्षण गरिएको थियो।

त्यसैगरी सो अवसरमा दमौलीका करिब १५ चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएपछि थप उत्साहित भएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताए।

प्रकाशित मिति: ०८:२९ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्