Kathmandu Press

विभिन्न ठाउँबाट लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं, साउन ३० : मोरङ, बेलबारी नगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन्। प्रहरीले शुक्रबार दिउँसो झापा बुद्धशान्ति गाउँपालिका ५...
विभिन्न ठाउँबाट लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं, साउन ३० : मोरङ, बेलबारी नगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन्। 

प्रहरीले शुक्रबार दिउँसो झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ वर्षीय खेम मगर र झापा मेचीनगर नगरपालिका ३ का ३९ वर्षीय लोकबन्धु दर्नाललाई पक्राउ गरेको हो। 

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई १ ग्राम ६७ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा उनले उक्त लागूऔषध लोकबन्धु दर्नालबाट खरिद गरेको भन्ने खुल्नआएपछि दर्नाललाई बेलबारी नगरपालिका ३ पशुहटियाबाट ९ ग्राम ९३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो। 

त्यस्तै, धनुषा, बटेश्वर गाउँपालिका १ चित्रपुर का ३५ वर्षीय लाल बहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ। 

२ केजी लागूऔषध गाँजासहित शुक्रबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरी चौकी बटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। 

त्यस्तै, भक्तपुर, सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्दै आएका उदयपुरका ३० वर्षीय जित बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। 

१ केजी लागूऔषध गाँजासहित शुक्रबार राति प्रहरीले उनलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 


त्यस्तै, संखुवासभा, खाँदवारी नगरपालिका ७ का ६९ वर्षीय जय चापागाईलाई २ सय ४ ग्राम लागूऔषध अफिमसहित पक्राउ गरेको छ। 

शुक्रबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले चापागाईको घर तलासी गर्दा घरमा लुकाई राखेको उक्त अफिम फेला पारेको हो। 


चितवन, कालिका नगरपालिका ३ का २८ वर्षीय राजेन्द्र बिकलाई नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, नुफिन २५ एम्पुल, र सिरिज्याक २५ एम्पुलसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिए प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:३५ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्