Kathmandu Press

कोभिडका कारण धानबाली विशेषज्ञ बस्नेतकाे निधन

काठमाडौं, साउन ३० : वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड-१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा शनिबार ओम अस्पतालमा निधन भएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)...
कोभिडका कारण धानबाली विशेषज्ञ बस्नेतकाे निधन

काठमाडौं, साउन ३० : वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड-१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा शनिबार ओम अस्पतालमा निधन भएको छ। 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्याएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए। 

नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो। उनका दुई छोरी र पत्नी छन्। 

प्रकाशित मिति: १६:०८ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्