Kathmandu Press

भिरबाट लडेर एक वृद्धको मृत्यु

मार्तडी, साउन ३० : बाजुराको बडिमालिका नगरपालिका-७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही नगरपालिका-७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित...
भिरबाट लडेर एक वृद्धको मृत्यु

मार्तडी, साउन ३० : बाजुराको बडिमालिका नगरपालिका-७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका-७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन्।

आज बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर मृत्यु भएको आफन्त टङ्कराज पण्डितले जानकारी दिए।

उनले दिएको जानकारीअनुसार बिहान ७ बजेतिर घरबाट निस्केर खाना खाने बेला नआएपछि खबर गर्दा मृत्यु भएको अवस्थामा उनी फेला परेका हुन्।

प्रकाशित मिति: १३:५२ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्