Kathmandu Press

भ्रष्टाचार मुद्दाका फरार दोषी आठ वर्षपछि पक्राउ

लहान, साउन ३० : भ्रष्टाचार मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाई फरार नवराजपुर गाउँपालिका-१ का ४६ वर्षीय नागेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको...
भ्रष्टाचार मुद्दाका फरार दोषी आठ वर्षपछि पक्राउ
Hardik ivf

लहान, साउन ३० : भ्रष्टाचार मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाई फरार नवराजपुर गाउँपालिका-१ का ४६ वर्षीय नागेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ। 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५० हजार घुस लिँदालिँदै गत २०६८ फागुन १७ मा काठमाडौंमा पक्राउ गरेको थियो। त्यतिबेला यादव ५० हजार धरौटीमा छुटेका थिए।

यसपछि विशेष अदालतले २०७० असार ३१ मा भ्रष्टाचार गरेको ठहर गर्दै एक महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। 

अदालतको आदेशलगत्तैबाट फरार यादवलाई फैसला कार्यान्वयन गर्न अदालतको निर्देशनअनुसार खोजबिन गर्ने क्रममा करिब आठ वर्षपछि पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

प्रकाशित मिति: १२:५२ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्