Kathmandu Press

भौगर्भिक समाजको अध्यक्षमा डा. अनन्त गजुरेल

काठमाडौं, साउन ३० : नेपाल भौगर्भिक समाजको अध्यक्षमा डा. अनन्तप्रसाद गजुरेल निर्वाचित भएका छन्। समाजको २०औं कार्यकारिणी समितिको शुक्रबार साँझ सम्पन्न मतगणनाअनुसार डा....
भौगर्भिक समाजको अध्यक्षमा डा. अनन्त गजुरेल

काठमाडौं, साउन ३० : नेपाल भौगर्भिक समाजको अध्यक्षमा डा. अनन्तप्रसाद गजुरेल निर्वाचित भएका छन्। समाजको २०औं कार्यकारिणी समितिको शुक्रबार साँझ सम्पन्न मतगणनाअनुसार डा. गजुरेल ३ सय ७१ मत ल्याएर विजयी भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी डा. सुधीर रजौरेले २ सय ७२ मत प्राप्त गरेका थिए। 

यस्तै उपाध्यक्षमा मनिका झा (३९५ मत) महासचिव डा. लोकविजय अधिकारी (३९६ मत) ल्याई विजयी भएको निर्वाचन उपसमिति संयोजक शिवकुमार बाँस्कोटाले जानकारी दिए।

यसैगरी उपमहासचिमा सविना खत्री, कोषाध्यक्षमा आशिष केसी र तीन सदस्यमा इन्द्र लम्साल, अर्जुन भण्डारी र सौरभ खनाल भएका छन्। निर्वाचन हुने आठ पदमध्ये उपमहाचिव र सदस्यबाहेक अन्य सबै पदमा विद्युतीय माध्यमबाट मतदान भएको थियो।

कुुल ११ सदस्य हुने समाजमा तीन सदस्य अध्यक्षले पछि मनोनीत गर्नेछन्। ८ सयभन्दा बढी मतदाता रहेको समाजको निर्वाचनमा ६ सय ४३ मत खसेको थियो। उक्त समाजको कार्यकाल दुई वर्षको हुनेछ।

प्रकाशित मिति: १२:३७ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्