अफिमसहित खाँदबारीमा एकजना पक्राउ
किमाथाङ्का, साउन ३० : सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईं रहेको...
किमाथाङ्का, साउन ३० : सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईं रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाईंलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताए।
प्रहरी टोलीले चापागाईंको घरमा लुकाएर राखिएको २ सय ४ ग्राम अफिम फेला पारेको छ।
प्रकाशित मिति: १२:२६ बजे, शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











