रेडक्रसद्वारा बाढीपहिराेपीडितलाई साढे चार लाख सहयोग

लमजुङ, साउन ३० : नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले यहाँका बाढीपहिरापीडितलाई साढे ४ लाख आर्थिक सहयोग गरेको छ।
सो कार्यालयले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत दोर्दी गाउँपालिका-८ स्थित हिलेबजारका २४ घरधुरी र खिन्चोकबेंसीका छ घरधुरी गरी ३० घरधुरीलाई आज उक्त रकम सहयोग गरेको हो।
दोर्दीका अध्यक्ष ओमलाल गुरुङ, सोही वडाका वडाध्यक्ष तुलबहादुर गुरुङ, रेडक्रस गण्डकी प्रदेशका कोषाध्यक्ष नारायण घिमिरे, जिल्ला सभापति दीपक बराललगायतले प्रतिपीडित परिवार रु १५ हजारका दरले हस्तारन्तरण गरेका थिए।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति बरालले यहाँका बाढीपहिरापीडितका लागि आवास पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने अपेक्षाले आर्थिक सहयोग गरेको बताए।
प्रकाशित मिति: १२:१३ बजे, शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

