Kathmandu Press

आज चट्याङसहित देशभर वर्षाको सम्भावना

आज चट्याङसहित देशभर वर्षाको सम्भावना

काठमाडौं, साउन ३० : आज देशका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको हुनेछ। विशेष गरी प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ। यसले गर्दा तराई भेगमा वर्षाको सम्भावना धेरै रहेको छ।

आज राति पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाको आकलन छ। त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: ०८:०२ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्