Kathmandu Press

पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन

पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन

धनगढी, साउन ३० : पहिरोले अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ।

शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्कअन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो।

पहिरोले अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीय नागरिकको सहयोगमा आज बिहान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

राजमार्ग सञ्चालनसँगै गए रातिदेखि जाममा परेका सवारी साधन अहिले आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए। राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्लाको यातायात सेवा गए रातिदेखि बन्द भएको थियो।

राजमार्गका विभिन्न स्थानमा रहेका सडकका मोड विस्तार तथा फराकिलो बनाउने काम भइरहेकाले सामान्य वर्षा हुँदासमेत पहिरो जाने गरेका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ।

प्रकाशित मिति: ०७:२५ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्