Kathmandu Press

पहिरोमा पुरिएर अर्घाखाँचीमा एक जनाको मृत्यु

पहिरोमा पुरिएर अर्घाखाँचीमा एक जनाको मृत्यु

अर्घाखाँची, साउन ३० : पहिरोमा पुरिएर अर्घाखाँचीको पाणिनी गाउँपालिका ५ मैदानमा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पाणिनी ६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनारको पहिरोमा पुरिएर मृत्यु भएको हो।

स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा माथिबाट पहिरो आएर मानबहादुरलाई पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।

स्थानीय बासिन्दाका अनुसार पहिरो खस्दा उनी एक्लै काम गरिरहेका थिए। स्थानीय बासिन्दा र प्रहरीले पहिरो पन्छाएपछि शुक्रबार राति ९ः१५ बजे मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ।

प्रकाशित मिति: ०७:२० बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्