Kathmandu Press

पार्टी एकता जोगाउन हरसम्भव प्रयास जारी : ज्ञवाली 

काठमाडौं, साउन २९ : नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् ।प्रेस चौतारी नेपाल...
पार्टी एकता जोगाउन हरसम्भव प्रयास जारी : ज्ञवाली 

काठमाडौं, साउन २९ : नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको उल्लेख गरे ।

पार्टी एकताको लागि अधिकतम लचकताका साथ प्रस्तुत भएको जानकारी गराउँदै उनले समान अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको उल्लेख गरे । 

प्रकाशित मिति: २१:२६ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्