Kathmandu Press

नागढुङ्गाबाट लागूऔषधसहित पक्राउ     

काठमाडौं, साउन २९ : चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट ३ हजार ५ सय ९४ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित एक जना पक्राउ परेका छन्। पक्राउ...
नागढुङ्गाबाट लागूऔषधसहित पक्राउ     

काठमाडौं, साउन २९ : चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट ३ हजार ५ सय ९४ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेटसहित एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सिन्धुली गुरुडाँडा गाउँपालिका ६ का २२ वर्षीय राहुल तामाङ रहेका छन्। 

शुक्रबार बिहान सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ४०७३ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा राहुललाई उक्त परिमाणको लागूऔषधसहित फेला पारेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ। 

प्रकाशित मिति: १९:४४ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्