Kathmandu Press

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 

काठमाडौं, साउन २९ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १६ का ४८ वर्षीया प्रेम कुमारी खड्गीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। उच्च...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 

काठमाडौं, साउन २९ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १६ का ४८ वर्षीया प्रेम कुमारी खड्गीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। 

उच्च अदालत पाटनको २०७६ जेठ २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सोह्रखुटेबाट पक्राउ गरेको हो। खड्गीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी एनएमबि बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला ठहर गरेको हो। 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको उक्त व्यूरोले जनाएको छ।

प्रकाशित मिति: १९:३९ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्