काठमाडौं प्रेसकर्मी मरासिनी पुरस्कृत
काठमाडौं, साउन २९ : काठमाडौं प्रेसकर्मी गोविन्द मरासिनी ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्सहान’ पुुरस्कारबाट सम्मानित भएका छन्। कोरोना कहरबीच पनि सक्रिय रूपमा सञ्चारकर्ममा संलग्न...
काठमाडौं, साउन २९ : काठमाडौं प्रेसकर्मी गोविन्द मरासिनी ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुुरस्कारबाट सम्मानित भएका छन्। कोरोना कहरबीच पनि सक्रिय रूपमा सञ्चारकर्ममा संलग्न रहेको भन्दै नेपाल पत्रकार महासंघले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
महांसघअन्तर्गत एसोसिएट प्रदेशमा आबद्ध संस्थाहरूबाट प्रतिनिधित्व गर्ने संस्थाबाट विधागत रुपमा सक्रिय पत्रकारलाई पुरस्कृत गरिएको थियो।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको मंगलबार बसेको बैठकले ६ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
आगामी असोज १ गते हुुने एसोसिएट प्रदेशको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा राशि नगद १० हजार रुपैयाँ र प्रमाणपत्र वितरण गर्ने महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
उनीबाहेक चलचित्र पत्रकारितातर्फ रिना मोक्तान, आर्थिक पत्रकारितातर्फ मेनुुका कार्की, खेलकुद पत्रकारितातर्फ जितबहादुर साउद, कार्टुन पत्रकारितातर्फ विरोचन मल्ल ठकुरी, फोटो पत्रकारितातर्फ चन्द्रबहादुर आले पनि पुरस्कृत भएका छन्।











