Kathmandu Press

आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाइ सर्‍यो

काठमाडौं, साउन २९ : सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न...
आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाइ सर्‍यो

काठमाडौं, साउन २९ : सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ।

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए पनि न्यायाधीश रेग्मीले उक्त मुद्दाका सुनुवाई गर्न नमिल्ने भएपछि सुनुवाइ सरेको हो।

सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश रेग्मीले त्यसैसँग सम्बन्धित रिट निवेदनमा अवहेलना मुद्दामा आदेश गरेका रहेछन्। त्यसले गर्दा उक्त मुद्दाको सुनुवाइमा हेर्न नमिलेको हो।

रौतहत जिल्ला अदालतको थुनामा रहेका आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । उक्त निवेदनमा आलमलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ। जिल्ला, उच्च अदालत हुँदै उक्त मुद्दा सर्वोच्च आएको हो।

प्रकाशित मिति: १८:१७ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्