Kathmandu Press

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, साउन २९ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले बैंकिङ कसुरमा दोषी ठह¥याइएका फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, साउन २९ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले बैंकिङ कसुरमा दोषी ठहरिएर फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ४८ वर्षीया प्रेमकुमारी खड्गी रहेकी छन्।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएकामा अदालतले बैंकिङ कसुर गरेको ठहर गरेको थियो । 

बैंकिङ कसुरजन्य अपराध गरेको उच्च अदालत पाटनको २०७६ साल जेठ २१ को फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र रु बीस लाख जरिवाना हुने ठहर गरेकामा उनी फरार हुँदै आएकी थिइन्। 

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई आज काठमाडौँको सोहृखुट्टेबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए।

प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्