Kathmandu Press

कामु प्रधानसेनापति र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

काठमाडौं, साउन २९ : कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ।शुक्रबार जंगी अड्डास्थित प्रधानसेनापति...
कामु प्रधानसेनापति र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

काठमाडौं, साउन २९ : कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार जंगी अड्डास्थित प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। 

यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको बताइएको छ।
 

प्रकाशित मिति: १६:२४ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्