Kathmandu Press

आज मौद्रिक नीति सार्वजनिक गरिँदै

आज मौद्रिक नीति सार्वजनिक गरिँदै

काठमाडौं, साउन २९ : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ।

राष्ट्र बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले नीति पारित गरेको हो। आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिलाई धेरैले रुचाएका थिए भने कोरोना प्रभावित उद्योग, व्यवसायको प्रवर्धनका लागि स्पष्ट मार्गदर्शन गरेको अर्थका रुपमा लिइएको थियो।

सोही पेरिफेरीमा रहेर नीति तय भएको केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकका गभर्नरसहितको एक समितिको बैठकले बिहीबार नै नीति तयार पारेको थियो। आजको सञ्चालक समितिको बैठकले त्यसलाई अन्तिम रुप दिएको हो।

गत जेठ १५ गते मुलुकको आर्थिक नीति सार्वजनिक भएको थियो। मौद्रिक नीति हरेक वर्ष साउनको पहिलो साता सार्वजनिक हुँदै आए पनि यसपटक सरकार परिवर्तनलगायतका कारणले केही समय ढिला हुन पुगेको हो। नीतिले कोरोना प्रभावित व्यवसाय तथा बैंक, वित्तीय क्षेत्रका लागि केही खास व्यवस्था गरेको बताइएको छ। 

प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्