साँघु तर्ने क्रममा नदीमा खसेर दुईजना बेपत्ता
सिमकोट, साउन २९ : काठको साघुँ तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६...
सिमकोट, साउन २९ : काठको साघुँ तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन्।
हुम्लाको खार्पुनाथ गाउँपालिका-२ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ। उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिए।
हराइरहेकाहरुको खोजी जारी रहेको उनले बताए। जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएको बताइएको छ।
हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन्।
प्रकाशित मिति: १५:११ बजे, शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











