तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

काठमाडौं, साउन २९ : तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ पक्राउ परेका छन्।
भक्तपुर नगरपालिका–७ भिमसेन स्थान जिङखेलस्थित सोही नगरपालिका-७ भेलुखेल बस्ने २९ वर्षीय सुजित देउलाको पुल हाउसमा तास खेलिरहेको अवस्थामा देउला लगायत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
उक्त पुल हाउसमा जुवातास खलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ८ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको गोदावरी नगरपालिका–१ मनहरा बस्ने २५ वर्षीय गणेश मडैको पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय खडक खड्का लगायत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उक्त पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५४ हजार ७ सय ४० रुपैयाँ र ७ गड्डी तास सहित पक्राउ गरेको हो।











