Kathmandu Press

चोरीका चार थान मोटरसाइकलसहित दुईजना पक्राउ

पर्सा, साउन २९ : चार थान चोरीको मोटरसाइकलसहित वीरगंज महानगरपालिका-३० प्रसोतीपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेललाई बिहीबार दिउँसो...
चोरीका चार थान मोटरसाइकलसहित दुईजना पक्राउ

पर्सा, साउन २९ : चार थान चोरीको मोटरसाइकलसहित वीरगंज महानगरपालिका-३० प्रसोतीपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

उनीहरुले चोरीको मोटरसाइकल बिक्री गर्ने मनशायले आफ्नै घर अगाडि जग्गामा लुकाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बा४२प ५२६३, ना१६प ३३६७, ना१४प ८४ नम्बर र ग१प ७६९४ नम्बरको मोटरसाइकल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरु उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।     

प्रकाशित मिति: १४:०४ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्