Kathmandu Press

एक थान पेस्तोलसहित तीनजना पक्राउ 

पर्सा, साउन २९ : पर्सामा एक थान पेस्तोलसहित तीनजना पक्राउ परेका छन्।वीरगन्ज महानगरपालिका–१५ ब्रह्मचोकबाट उनीहरुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा सोही...
एक थान पेस्तोलसहित तीनजना पक्राउ 

पर्सा, साउन २९ : पर्सामा एक थान पेस्तोलसहित तीनजना पक्राउ परेका छन्।

वीरगन्ज महानगरपालिका–१५ ब्रह्मचोकबाट उनीहरुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ ठेगाना भएका ३५ वर्षीय अनिल साह, सुनसरी धरान उपमहानगरपालिका–१५ ठेगाना भएका ३२ वर्षीय रवि पौडेल र पर्सा पकाहामैनपुर गाउँपालिका–७ ठेगाना भएका ४० वर्षीय विजय कुमार पटेल छन्।  

सोही ठाउँस्थित एक होटलमा तीन व्यक्तिहरु सानो हतियार बेचबिखन गर्ने उद्देश्यले बसिरहेका छन् भन्ने सूचनाका आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो। 

उनीहरुउपर हातहतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 
 

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्