रेड पान्डाको छालासहित ३ जना पक्राउ
कपिलवस्तु, साउन २९ : वाणगंगा नगरपालिका-४ सिद्धिपुरस्थित बराल होटल रेस्टरेन्ट एुन्ड लजको कोठा नं. १०४ बाट २ थान रेड पाण्डाको छाला र १...
कपिलवस्तु, साउन २९ : वाणगंगा नगरपालिका-४ सिद्धिपुरस्थित बराल होटल रेस्टरेन्ट एुन्ड लजको कोठा नं. १०४ बाट २ थान रेड पाण्डाको छाला र १ थान रेड पाण्डाको पुछरसहित तीनजनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका-५ बस्ने २९ वर्षीय खगेन्द्र पुरी, सोही ठाउँ बस्ने ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरब राजवंशी रहेका छन्।
उक्त लजमा रेडपाण्डाको छाला कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले होटेल तलासी गर्ने क्रममा उक्त छाला र पुछर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ।
प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











