Kathmandu Press

मलेसियालाई ६ रनले हराउदै नेपालले जित्यो टी-२० श्रृंखला

काठमाडौं, असार २९ : मलेसियासँगको दोस्रो खेलमा जित हासिल गर्दै नेपालले टी-२० श्रृंखला कब्जा गरेको छ।

आज मलेसियाको क्वालालम्पुरमा भएको दोस्रो ....

मलेसियालाई ६ रनले हराउदै नेपालले जित्यो टी-२० श्रृंखला

काठमाडौं, असार २९ : मलेसियासँगको दोस्रो खेलमा जित हासिल गर्दै नेपालले टी-२० श्रृंखला कब्जा गरेको छ।

आज मलेसियाको क्वालालम्पुरमा भएको दोस्रो खेलमा नेपालले ६ रनले जितेको हो। एक सय ७४ रनको लक्ष्य पछ्याएको मलेसिया एक सय ६७ रनमै समेटियो। मलेसियाले सात विकेटको क्षतिमा एक सय ६७ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले दुई/दुई तथा करण केसी, अविनाश बोहरा र पारश खड्काले एक/एक विकेट लिएपछि मलेसिया खेलाडी धेरै समय क्रिजमा टिक्न सकेनन्।

मलेसियाका लागि पहिलो विकेटका लागि ७५ रनको साँझेदारी भएपनि त्यसपछि भने लगातार विकेट झर्दै गए। सेद अजिजले ५० रन बनाए।

यसअघि विनोद भण्डारीले विस्फोटक ब्याटिङ गरेपछि नेपाल एक सय ७३ रन बनाउन पुगेको थियो। उनले २५ बलमा ५१ रन बनाए। त्यस्तै, शरद भेस्वाकरले २८ बलमा ४०, पारश खड्काले २३, रोहितकुमार पौडेलले १९, करन केसीले १६ र पवन सर्राफले १० रन बनाए।

आजको खेलमा विनोद भण्डारी प्लेयर अफ द म्याच भए।

प्रकाशित मिति: ११:१२ बजे, आइतबार, असार २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्