Kathmandu Press

कांग्रेस बैठकमा प्रतिवेदनहरूमाथि छलफल जारी, अर्को बैठक शुक्रबार ११ बजे पुन: बस्ने

आज प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा पेश भएका निर्वाचन निर्देशिका, छानविन समितिको प्रतिवेदन र समायोजन समितिको प्रतिवेदनमाथि छलफल जारी रहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौं प्रेसलाई बताए।
कांग्रेस बैठकमा प्रतिवेदनहरूमाथि छलफल जारी, अर्को बैठक शुक्रबार ११ बजे पुन: बस्ने

काठमाडौं, साउन २८ : सत्तारुढ कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचन निर्देशिका, छानविन समितिको प्रतिवेदन र समायोजन  समितिको प्रतिवेदनमाथि छलफल भएको छ।

आज प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा पेश भएका निर्वाचन निर्देशिका, छानविन समितिको प्रतिवेदन र समायोजन समितिको प्रतिवेदनमाथि छलफल जारी रहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौं प्रेसलाई बताए।

Hardik ivf

आजको बैठकमा रमेश लेखकले छानविनको प्रतिवेदन, विमलेन्द्र निधिले समायोजनको प्रतिवेदन र निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री पूर्णबहादुर खड्काले बैठमा पेश गरेको र छलफल जारी रहेको र भोलि बिहान ११ बजे बैठक पुन बस्ने पौडेलले बताए। ‘यसरी बैठकमा पेश भएका प्रतिवेदनमाथि छलफलपश्चात प्रतिवेदनहरू केन्द्रीय समितिबाट पास भएपछि महाधिवेशको कार्यतालिका सार्वजनिक हुने र कार्यान्वयनमा पनि आउँछ ’ पौडेलले भने।

बैठकमा पौडेलले सम्पूर्ण क्रियाशील सदस्यताहरूको नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गर्न माग समेत गरे। यसअघि तय भएको भदौ  १६-१९ सम्म निर्धारित कार्यतालिकामा महाधिवेशन नहुने निश्चित भएपछि कांग्रेसमा नयाँ कार्यतालिका बनाउन छलफलमा जुटेको हो।

प्रकाशित मिति: २०:३९ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्