Kathmandu Press

ज्यानसम्बन्धी कसुरका फरार अभियुक्त ललितपुरबाट पक्राउ 

ज्यानसम्बन्धी कसुरका फरार अभियुक्त ललितपुरबाट पक्राउ 

काठमाडौं, साउन २८ : ज्यानसम्बन्धी कसुरका फरार अभियुक्त ललितपुरबाट पक्राउ परेका छन्।

ललितपुर महालक्ष्मी नगरपालिका-७ चाँङ्गाथली बस्ने रामेछाप खाँडादेबी गाउँपालिका–६ खत्रीगाउँका ४६ वर्षीय शिवजी खत्री भन्ने गबहादुर खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। 

२०६२ पुस ६ गते साँझ काठमाडौं महानगरपालिका(१४ कलंकी, लामपाटी बस्ने भगवती लामा (अधिकारी) आफ्नै डेरा कोठामा आगोले जलेर घाइते भएको अवस्थामा फेला पारी वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न गबहादुरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर चाँङ्लाथलीबाट पक्राउ गरेको हो।  

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको उक्त ब्युरोले जनाएको छ। 

प्रकाशित मिति: १८:२४ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्