दुईनाले भरुवा बन्दुकसहित एकजना पक्राउ

कास्की, साउन २८ : मादी गाउँपालिका-५ थाम बस्ने २६ वर्षीय कोष बहादुर गुरुङलाई एक थान दुईनाले भरुवा बन्दुक, सोही बन्दुकको ५ थान गोली र २ सय ग्राम बारुदसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा अवैध हातहतियार राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १८:१४ बजे, बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











