थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ को मृत्यु
कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं, साउन २८ : पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ हजार ४६२ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २२९४ जना संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति: १७:२७ बजे, बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











