Kathmandu Press

समयमै महाधिवेशन गर्नुपर्ने माग राख्दै कांग्रेस नेता-कार्यकर्ताद्वारा प्रदर्शन

काठमाडौं, साउन २८ : समयमै महाधिवेशन गर्नुपर्ने माग राख्दै कांग्रेसका नेता-कार्यकर्ताले प्रदर्शन गरेका छन्।उनीहरूले बालुवाटारस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासअघि बिहीबार प्रदर्शन गरेका...
समयमै महाधिवेशन गर्नुपर्ने माग राख्दै कांग्रेस नेता-कार्यकर्ताद्वारा प्रदर्शन

काठमाडौं, साउन २८ : समयमै महाधिवेशन गर्नुपर्ने माग राख्दै कांग्रेसका नेता-कार्यकर्ताले प्रदर्शन गरेका छन्।

उनीहरूले बालुवाटारस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासअघि बिहीबार प्रदर्शन गरेका हुन्।
  
प्रदर्शनका क्रममा उनीहरूले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको आरोप लगाउँदै त्यसलाई सच्याउनुपर्ने मागसमेत गरेका छन्।

उनीहरूले संवैधानिक संकटबाट कांग्रेसलाई बचाउन, समयसीमाभित्रै महाधिवेशन सुनिश्चित गर्न  माग गरेका छन्।

आगामी भदौ १६ देखि १९ गतेसम्म कांग्रेसको १४औं महाधिवेशन गर्ने कार्यतालिका बनाइए पनि सो समयमा हुने सम्भावन लगभग टरिसकेको छ। 

प्रकाशित मिति: १५:२० बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्