Kathmandu Press

दोधारा चाँदनीमा बिओपी स्थापना

दोधारा चाँदनीमा बिओपी स्थापना

कञ्चनपुर, साउन २८ : सशस्त्र प्रहरीको २०औं बोर्डर आउट पोस्ट (बिओपी) दोधारा-चाँदनीमा स्थापना गरिएको छ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ स्थित सुन्दरनगरमा बिहीबार बिओपी उद्घाटन गरिएको हाे।

कञ्चनपुरका प्रजिअ रामप्रसाद पाण्डे र दोधारा-चाँदनीका नगर प्रमुख वीरबहादुर सुनारले बिओपी उद्घाटन गरेका हुन्‌।

सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा २५ जना जवान तैनाथ रहने बताइएको छ। 

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्