अवैध लागूऔषधसहित पाँचजना पक्राउ
काठमाडौं, साउन २८ : दाङ, किपलवस्तु र कास्कीबाट अवैध लागूऔषधसहित पाँचजना पक्राउ परेका छन्।दाङको घोराही उपमहानगरपालिका–१४ दामोदर चोकबाट २ सय ६० मिलिग्राम अवैध...
काठमाडौं, साउन २८ : दाङ, किपलवस्तु र कास्कीबाट अवैध लागूऔषधसहित पाँचजना पक्राउ परेका छन्।
दाङको घोराही उपमहानगरपालिका–१४ दामोदर चोकबाट २ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित सोही उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय ईश्वर बुढालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
रा३प ८७३७ नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक बुढालाई पक्राउ गरेको हो।
त्यस्तै कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३ हर्दिहवाबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुईजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारत घर भएको २५ वर्षीय सहजाद अन्सारी र सोही ठाउँ बस्ने ३२ वर्षीय मोहम्मद रजा खान रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुर शान्तिमार्गबाट ७ ग्राम ७५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद १० हजार रुपैयाँ सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सोही महानगरपालिका–१३ बस्ने २५ वर्षीय आगमन राई र माछापुच्छ्रे गाउँपालिका–४ बस्ने १९ वर्षीय सुरज रानाभाट रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।











