उदयपुर र तनहुँमा एकएकजना मृत फेला
काठमाडौं, साउन २८ : उदयपुर र तनहुँमा एकएकजना मृत अवस्थामा मृत अवस्थामा फेला परेका छन्।उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित माछा पोखरीमा सोही ठाउँ बस्ने...
काठमाडौं, साउन २८ : उदयपुर र तनहुँमा एकएकजना मृत अवस्थामा मृत अवस्थामा फेला परेका छन्।
उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित माछा पोखरीमा सोही ठाउँ बस्ने ६५ वर्षीय दिलसेर राई बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
तनहुँको म्याग्दे गाउँपालिका–५ कान्छीबराहीस्थित झरनाको छेउमा रोल्पा लिवाङ बस्ने ३२ वर्षीय दिल कुमार घर्ती बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











